नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई)समुदायका लागि स्वास्थ्य सेवा प्रदान गर्न मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीच साझेदारीका लागि सम्झौता भएको छ ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिंदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेका हुन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न निजी विद्यालयमा हालै गरेको अनुगमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ ।
एजेन्सी । मेक्सिकोले दशकौं पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनरुत्थानको लागि आह्वान गरेको छ। संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापारिक घर्षणको बीचमा उपभोक्ताहरूलाई स्वदेशी उत्पादनको पक्षमा लाग्न प्रोत्साहित गर्न यस्तो आब्हान गरेको हो ।