परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका नवनियुक्त राजदूतबीच भेटवार्ता

२०८३ कात्तिक ०२ गते

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् ।

 

Advertisement:

Ad

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा दुवै पक्षले नेपाल(पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । 

 

नेपाल र पाकिस्तानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।