प्रधानमन्त्रीको दाबी: बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा आयो

२०८३ असोज ३० गते

प्रधानमन्त्रीको दाबी: बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा आयो

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र यशाहले भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् । उनका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोर अन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी पुन सञ्चालनमा ल्याएको हो।


बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलको क्षति सामान्य थियो। यी पुलहरूको मर्मतपछि बाढीबाट प्रभावित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका आम नागरिकलाई आवतजावतमा सहज भएको छ। यसले प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्‍याएको बताइएको छ। 

Advertisement:

Ad