२०८३ असोज २८ गते
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरूलाई २० प्रतिशत (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) तथा अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने आकर्षक प्रस्ताव गरेको छ। हालको सुस्त आर्थिक गतिविधिको चुनौतीपूर्ण अवस्थामा पनि बैंकले वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा उच्च लाभांश प्रस्ताव गर्दै आफ्नो सुदृढ वित्तीय अवस्था, व्यवसायिक क्षमता र शेयरधनीप्रतिको उत्तरदायित्व प्रमाणित गरेको छ।
यस आर्थिक वर्षमा करिब ३ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ। विगत ५ वर्षदेखि निरन्तर र आकर्षक प्रतिफल दिँदै आएको सिद्धार्थ बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङ, उत्कृष्ट संस्थागत सुशासन र ग्राहकमुखी सेवालाई प्राथमिकतामा राखेर नेपालको सबैभन्दा विश्वासिलो र जिम्मेवार संस्थाका रूपमा आफूलाई थप स्थापित गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया