नेप्से १७ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

२०८३ असोज २३ गते

नेप्से १७ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ। अघिल्लो दिन पनि सामान्य अंकले बढेको बजारमा यस दिन कारोबार रकमसमेत वृद्धि भएको छ।

 

Advertisement:

Ad

बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३५३ स्टकको ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.९१ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको मूल्य ७.८५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहँदा बैंकको २१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

शुक्रबार १३ वटै उपसमूहका परिसूचक बढेका छन्। बैंकिङ उपसमूह सर्वाधिक १.२८ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूह पनि करिब १ प्रतिशतले उकालो लागेको छ।