२०८३ असोज २३ गते
काठमाडौं । यती एयरलाइन्सले नेपालीहरूको महान् चाड बडादशैंलाई लक्षित गर्दै फर्किने उडानमा पनि न्यून भाडादर उपलब्ध गराउने जानकारी दिएको छ। यात्रुको चाप, इन्धन खर्च र फर्किने उडानमा यात्रु कम हुने अवस्थालाई ध्यानमा राख्दै एयरलाइन्सले यस्तो व्यवस्था गरेको जनाएको हो।
एयरलाइन्सका अनुसार दशैंमा घर जाने यात्रुको चाप बढ्ने भए पनि फर्किने उडान खाली हुने तथा इन्धन खर्च उच्च हुने अवस्था रहन्छ। यस्तो अवस्थामा पनि यात्रुको चापलाई ध्यानमा राखेर जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास)को भाडा बन्द गरिएको यती एयरलाइन्सले जनाएको छ।
त्यसैगरी, फर्किने उडानमा पनि न्यून मूल्यमा टिकट उपलब्ध गराइरहेको एयरलाइन्सले स्पष्ट पारेको छ।चाडपर्वका बेला हवाई यात्रुको चाप बढ्ने र हवाई टिकटको मूल्यलाई लिएर यात्रुहरूमा चासो बढ्ने गर्छ। यस्तो अवस्थामा दुवैतर्फको यात्रालाई सहज र किफायती बनाउने उद्देश्यले यती एयरलाइन्सले भाडादरसम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो।
एयरलाइन्सले यात्रुलाई टिकट बुकिङ गर्नुअघि उपलब्ध भाडादरबारे जानकारी लिन आग्रह गरेको छ।
प्रतिक्रिया