२०८३ मंसिर १० गते
कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आज ९बिहीबार० देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात् ८० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं। ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० लाख रूपैयाँ बराबरको ९० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
ीबहmष् दबलप
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्।
द्यगचवभच
सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ुकेयर एनपी डबल बी प्लस इस्युअर रेटिङु प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।आयोजना प्रभावितहरूले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया