भारतीय मुद्रा कारोबार गर्ने राष्ट्रिय मनीचेन्जरको इजाजतपत्र खारेज

२०८३ मंसिर १० गते

भारतीय मुद्रा कारोबार गर्ने राष्ट्रिय मनीचेन्जरको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरमा रहेको राष्ट्रिय मनीचेन्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको उक्त मनीचेन्जरको इजाजतपत्र खारेज गरिएको हो ।

 

Advertisement:

Ad

भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको उक्त कम्पनीले आफ्नो कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (चौथो संशोधनसहित) को विनियमावली, २०७७ को विनियम २२ बमोजिम राष्ट्र बैंकले २०८३ कात्तिक २० गते इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो ।

 

राष्ट्र बैंकको धनगढी कार्यालयले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै उक्त मनीचेन्जरको इजाजतपत्र खारेज गरिएको जनाएको छ ।