सेयरबजारमा सामान्य सुधार, ४ अंक बढ्दा कारोबार साढे ४ अर्ब नजिक

२०८३ असोज २६ गते

सेयरबजारमा सामान्य सुधार, ४ अंक बढ्दा कारोबार साढे ४ अर्ब नजिक

काठमाडौं । साताको कारोबारको सुरुवातमा सेयरबजारले सामान्य सुधारको संकेत देखाएको छ। सोमबार नेप्से परिसूचक ४ अंकले उकालो लाग्दै २ हजार ५९५.८१ विन्दुमा पुगेको छ। बजारमा सामान्य वृद्धि देखिए पनि अधिकांश उपसमूहमा भने बिक्रीको दबाब कायम रह्यो।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले बढेर १५८.१३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३५४ कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच भएका छन्। ती कारोबारबाट कुल ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

Advertisement:

Ad

पाँच उपसमूह मात्रै बढे

सोमबारको बजारमा ५ वटा उपसमूहले मात्रै सकारात्मक प्रदर्शन गरे। सबैभन्दा धेरै व्यापार समूह १.०२ प्रतिशतले बढ्दा बैंकिङ समूह १.०१ प्रतिशतले उकालो लाग्यो।

त्यस्तै, विकास बैंक समूह ०.५३ प्रतिशत, फाइनान्स समूह ०.२१ प्रतिशत र जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेका छन्।

अर्कोतर्फ होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ। उक्त समूह ०.८७ प्रतिशतले घटेको हो। हाइड्रोपावर समूह ०.४६ प्रतिशत र अन्य समूह ०.४२ प्रतिशतले ओरालो लागे।

यसैगरी लगानी समूह ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१२ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०१ प्रतिशतले घटेका छन्। म्युचुअल फन्ड समूहमा पनि गिरावट आएको छ।