२०८३ असोज २६ गते
काठमाडौँ। हिम पावर हाइड्रोपावर लिमिटेडले आगामी कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३५ प्रतिशत बराबर निष्काशन अनुमति पाएको ५९ लाख १५ हजार कित्तामध्ये पहिलो चरणमा आयोजना प्रभावित दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर छुट्याएको छ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १६ देखि २५ गतेभित्र 'मेरो सेयर' तथा सि-आस्बा प्रणालीमार्फत र स्थानीय बासिन्दाले कात्तिक २५ देखि ढिलोमा मंसिर १० गतेसम्म तोकिएका स्थानीय बैंक शाखामार्फत आवेदन दिनुपर्नेछ।
इक्रा नेपालबाट औषत जोखिम जनाउने 'डबल बी प्लस' रेटिङ पाएको यस कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ गरी दुई जलविद्युत आयोजना सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ।
प्रतिक्रिया