आरुघाटदेखि गोरखासम्म छिट्टै निःशुल्क बस सेवा सञ्चालन गरिने,बाढीप्रभावितलाई सेवा सहज बनाइने

२०८३ असोज २५ गते

आरुघाटदेखि गोरखासम्म छिट्टै निःशुल्क बस सेवा सञ्चालन गरिने,बाढीप्रभावितलाई सेवा सहज बनाइने

काठमाडौं । बुढीगण्डकी क्षेत्रमा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा यातायात सेवा सहज बनाउने प्रयास तीव्र पारिएको छ। बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म ४७ जनाको उद्धार गरिएको छ भने राहत सामग्रीसहितका तीनवटा ट्रक पहिलो चरणमा प्रभावित क्षेत्रमा पठाइसकिएको छ।

 

Advertisement:

Ad

बाढीका कारण प्रभावित सडक तथा यातायात सेवा सहज बनाउन आरुघाटबाट गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गर्ने तयारी गरिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् । यसबाट प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

 

त्यसैगरी, अवरुद्ध सडक तथा यातायात पुनः सञ्चालन गर्न बेलीब्रिज जडानलगायतका आवश्यक तयारी अघि बढाइएको छ। सडक सम्पर्क पुनःस्थापना गरी स्थानीयको दैनिक जीवन सहज बनाउने र राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउने कामलाई प्राथमिकता दिइएको छ।

 

बाढीपछिको संकटमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, उद्धार कार्यलाई प्रभावकारी बनाउने र यातायात सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।