हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ जारी गर्न अनुमति,बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

२०८३ असोज २१ गते

हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ जारी गर्न अनुमति,बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौँ  । हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० जारी गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज २० गते आईपीओ निष्काशनका लागि अनुमति प्राप्त गरेको हो ।

सिटिजन्स क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। उक्त शेयरको कुल मूल्य ५९ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ ।

Advertisement:

Ad

विगत केही महिनादेखि पहिलोपटक साधारण शेयर निष्काशनको अनुमति बिक्री प्रबन्धकका रूपमा सिटिजन्स क्यापिटलले प्राप्त गरेको जनाइएको छ ।

अनुमति प्राप्त भएसँगै हिम पर्वत हाइड्रोपावरले सिटिजन्स क्यापिटलमार्फत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष, संस्थाका कर्मचारी तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्नेछ ।