बुद्ध एयरको सस्तो भाडा योजनाबाट साढे दुई लाख यात्रु लाभान्वित

२०८३ असोज १६ गते

बुद्ध एयरको सस्तो भाडा योजनाबाट साढे दुई लाख यात्रु लाभान्वित

काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोपछि सर्वसाधारणलाई सहज आवागमनको सुविधा दिने उद्देश्यले बुद्ध एयरले दशैँ–तिहारसम्म सस्तो भाडादरमा उडान दिने घोषणा गरेको थियो। उक्त योजनाबाट डेढ महिनाको अवधिमा हालसम्म दुई लाख ५० हजारभन्दा बढी यात्रु लाभान्वित भएका छन्।

 

Advertisement:

Ad

आपत्‌विपतका बेला हवाई यातायातलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बुद्ध एयरले सस्तो भाडादरमा उडान सञ्चालन गरेको हो। प्राकृतिक विपत्तिपछि सडक तथा स्थलमार्ग प्रभावित हुँदा हवाई सेवा यात्रुका लागि वैकल्पिक तथा महत्वपूर्ण यातायात माध्यम बनेको थियो।

 

बुद्ध एयरको यो पहलले विपत्तिका समयमा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकलाई प्रत्यक्ष राहत पुग्ने काम गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। सस्तो भाडादरमा उडानको सुविधाले विशेषगरी अत्यावश्यक यात्रामा रहेका नागरिकलाई आर्थिक भार कम गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।

 

बुद्ध एयरले पछिल्लो समय नियमित व्यावसायिक उडानसँगै विपत्तिका समयमा यात्रुलाई सहज सेवा उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राख्दै आएको छ। बाढीपहिरो प्रभावित नागरिकलाई लक्षित गर्दै सुरु गरिएको सस्तो भाडा योजनाको निरन्तरताले हवाई यात्रालाई थप पहुँचयोग्य बनाउन योगदान पुर्‍याउने देखिन्छ।