२०८३ असोज २१ गते
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीको सामूहिक दुर्घटना बीमा गराउने भएको छ । कर्मचारीहरूको सामूहिक दुर्घटना बीमालेख खरिदका लागि आह्वान गरिएको बोलपत्रमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी छनोट भएको हो ।
बोलपत्र आह्वानपछि प्राप्त प्रस्तावहरूको विस्तृत मूल्याङ्कन गर्दा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको बोलपत्र सारभूत रूपमा प्रभावग्राही रहेको बैंकले जनाएको छ । कम्पनीले कबोल गरेको रकम औसत रकमसँग सबैभन्दा नजिक हुनुका साथै लागत अनुमानभन्दा न्यून रहेकाले स्वीकृतिका लागि छनोट गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार कर्मचारीहरूको सामूहिक दुर्घटना बीमाका लागि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले कबोल गरेको कुल बीमा शुल्क ३९ लाख ६३ हजार २४० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया