सुनचाँदीको भाउ घट्ने क्रम जारी

२०८३ मंसिर ०१ गते

सुनचाँदीको भाउ घट्ने क्रम जारी

मंगलबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

 

Advertisement:

Ad

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ।