नेपाल एसबिआई बैंकको लाभांश घोषणा

२०८३ कात्तिक २७ गते

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३.४ प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

Advertisement:

Ad