२०८३ कात्तिक २३ गते
मध्यावधि निर्वाचनमा आफ्नो राजनीतिक दल रिपब्लिकन पार्टीको लज्जास्पद हार भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति नरम देखिएका छन्।
यसअघि चुनावलगत्तै इरानमा ठुलो आक्रमण गर्ने चेतावनी दिइरहेका उनले पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि बोली फेरेका हुन्।
सीएएनका अनुसार ट्रम्पले आइतबार फोनवार्तामा भनेका छन्, ‘यदि इरानसँगको वार्ता अगाडि बढ्यो र बलियो सम्झौता भयो भने अमेरिकाले फेरि आक्रमण गर्नु आवश्यक हुने छैन।’
यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघचीले भने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको हारपछि वार्ता रोकिएको छ। यस विषयमा अहिले कुनै पनि मध्यस्थकर्ताले पहल गरेका छैनन्।
मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीले दुवै सदनमा बहुमत हासिल गरेपछि उनले आफ्नो दलको यो हार इरान युद्धका कारण भएको ट्रम्पले स्वीकार गरिसकेका छन्।
अमेरिका उपराष्ट्रपति जेडी भान्सले पनि इरान युद्धकै कारण रिपब्लिकन पार्टीलाई चुनावमा ठुलो मूल्य चुकाउनु परेको बताएका छन्।
प्रतिक्रिया