२०८३ कात्तिक २३ गते
काठमाडौं । तिहारको सार्वजनिक बिदाका दिन पनि एभरेष्ट बैंक लिमिटेडले आफ्ना तीनवटा शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै बागमती प्रदेश अन्तर्गतका टेकु, जावलाखेल र भक्तपुर शाखा खुला राख्ने जनाएको हो ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ती शाखाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् । उक्त अवधिमा ग्राहकले नेपाली रुपैयाँको नगद भुक्तानी तथा निक्षेप र विदेशी मुद्रा विनिमयसम्बन्धी सेवा लिन सक्नेछन् ।
विदेशी मुद्रा विनिमय सेवा भने उपलब्धताको आधारमा प्रदान गरिने बैंकले जनाएको छ ।त्यस्तै, भैरहवा भन्सार कार्यालय, आईसीडीरआईसीपी नेपालगञ्ज भन्सार कार्यालय तथा भन्सार कार्यालयका तोकिएका काउन्टरहरू पनि सम्बन्धित तालिकाअनुसार सञ्चालनमा रहने सूचनामा उल्लेख छ ।
बैंकले राजस्व काउन्टरहरू भने सरकारले तोकेको समय तथा निर्णयअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ ।
प्रतिक्रिया