तिहारपछि सुनचाँदीको भाउमा ठूलो गिरावट

२०८३ कात्तिक २७ गते

तिहारपछि सुनचाँदीको भाउमा ठूलो गिरावट

तिहारपछि खुलेको नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।  शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो। तिहारअघिको अन्तिम कारोबारमा प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य घटेर यस दिन २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

 

Advertisement:

Ad

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ। तिहार बिदाअघि प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै तिहारपछिको पहिलो कारोबारमै सुनचाँदीको बजारमा ठूलो मूल्य गिरावट देखिएको छ।