२०८३ मंसिर ०२ गते
काठमाडौँ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग डिजिटल वित्तीय सेवा तथा व्यवस्थापन क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ। उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए।
नवनियुक्त खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्यलाई अघि बढाउने जिम्मेवारी पाएका छन्। समूहका कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने उनको मुख्य भूमिका रहनेछ।
त्यसैगरी नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राख्नेछन्।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्काको नियुक्तिले समूहका कम्पनीलाई थप सबल बनाउन र डिजिटल रूपान्तरणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ अवसर सिर्जना गर्न खड्काको अनुभव उपयोगी हुने अपेक्षा पनि गरेका छन्।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले समूहका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा परिणाममुखी काम गर्ने बताएका छन्। आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन र व्यापारलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ।
प्रतिक्रिया