‘दूधको मूल्य वैज्ञानिक छैन, उत्पादन लागत अनुसार परिमार्जन हुनुपर्छ’

२०८३ मंसिर ०२ गते

‘दूधको मूल्य वैज्ञानिक छैन, उत्पादन लागत अनुसार परिमार्जन हुनुपर्छ’

नेपालको डेरी क्षेत्र किसानको जीविकोपार्जन, रोजगारी सिर्जना र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ । दूध उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको नेपालका लागि किसानलाई उत्पादनमा प्रोत्साहित गर्नु र स्वदेशी डेरी उद्योगलाई प्रतिस्पर्धी बनाउनु अहिलेको प्रमुख आवश्यकता हो। तर, दूधको उचित मूल्य, बजारको सुनिश्चितता, समयमै भुक्तानी, पशुपालनमा युवाको आकर्षण र सरकारी नीतिको प्रभावकारी कार्यान्वयनजस्ता चुनौती अझै कायम छन्। दूध उत्पादन बढाउनु मात्रै पर्याप्त छैन, उत्पादित दूधले बजार पाउने र किसानले उचित आम्दानी गर्न सक्ने वातावरण पनि बन्नुपर्छ। किसान र उद्योग एकअर्काका परिपूरक भएकाले एउटाको समस्या समाधान नगरी अर्को क्षेत्रको दिगो विकास सम्भव छैन।

यिनै विषयमा केन्द्रित रहेर नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलासँग गरिएको कुराकानीमा डेरी क्षेत्रका वर्तमान चुनौती, सम्भावना र सुधारका उपायबारे चर्चा गरिएको छ।प्रस्तुत छ तिनै कुराकानीको सम्पादित अंश-

Advertisement:

Ad