२०८३ मंसिर ०२ गते
काठमाडौं । एनएमबि बैंक लिमिटेडका बैंकिङ सेवाहरु तीन दिन बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति सम्बन्धी कार्य गर्नु पर्ने भएकाले बैंकका सेवाहरु बन्द हुने भएको हो ।
जस अन्तर्गत बैंकका एटिएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम सेवा सञ्चालन हुने छैनन् । उक्त सेवाहरु आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म अवरुद्ध हुने छन् ।
साथै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरहरू पनि मंसिर ४ र ६ गते बन्द रहनेछन् । उक्त सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।
प्रतिक्रिया