सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान,कसरी भर्ने फारम ?

२०८३ मंसिर ०५ गते

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान,कसरी भर्ने फारम ?

काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको ‘सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति’ ले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

समितिले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको हो। अध्यक्ष पदका लागि आवेदन दिन चाहने योग्य उम्मेदवारहरूले आगामी २०८३ मंसिर २२ गते मङ्गलबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।   

Advertisement:

Ad

दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक शैक्षिक योग्यता तथा अनुभव, र दरखास्तसाथ संलग्न गर्नुपर्ने र अन्य कागजातहरू सम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट (www.moic.gov.np) र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट (www.psbnepal.gov.np) बाट प्राप्त गर्न सकिने समितिले जनाएको छ।