२०८३ मंसिर ०५ गते
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीले दलको झोला बोके कानुनबमोजिम कडा कारबाही हुने दोहोर्याएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन ।’
उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभएको बताउँदै देश र जनताको सेवामा समर्पित रहन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने, पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ।’
उनले कर्मचारीले कसैको चाकडी नगरी जनताको दुःख बुझेर कर्तव्य निभाउनु पर्ने र देशप्रति इमानदार बन्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया