कांग्रेसको उपसभापतिमा विनोद चौधरीको अग्रता

२०८३ असोज २५ गते

कांग्रेसको उपसभापतिमा विनोद चौधरीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्। आइतबार दिउँसो साढे २ बजेसम्म दुई हजार ८२२ मत गणना भएका छन्। जसमा चौधरीले ७५१ मत पाएका छन्। 

उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ५२० मत पाएका छन्। 

Advertisement:

Ad

त्यस्तै, तेस्रो नम्बरमा रहेकी सीता गुरुङले ४३०, चौथो नम्बरमा रहेका फरमुल्लाह मंसुरले ३७१ र पाँचौ नम्बरमा रहेका रञ्जित कर्णले २२८ मत पाएका छन्। 

कांग्रेसको महाधिवेशनमा सात हजार २९ मत खसेका थिए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हाल मतगणना जारी रहेको छ।