२०८३ असोज २६ गते
कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षति पुगेको मालढुंगा पुल मर्मतपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। दुई हप्ताअघि आएको बाढीले पुलको एकातर्फको भाग कटान गरेपछि सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण आवतजावत पूर्ण रूपमा बन्द गरिएको थियो।
कटान भएको स्थानमा वाल लगाउने लगायतका आवश्यक मर्मत कार्य सम्पन्न भएसँगै पुलबाट सवारी साधन पुनः सञ्चालन गर्न थालिएको हो। दुई सातासम्म पुल अवरुद्ध हुँदा पर्वत र बागलुङसहित वरपरका जिल्लाहरूको सिधा यातायात सम्पर्क टुटेकोमा पुल सुचारु भएसँगै यात्रु तथा सवारी चालकलाई सहज भएको छ।
प्रतिक्रिया