आज विशाल बजारबाट दिपक दीपाले गर्नेछन् असोज महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा

२०८३ कात्तिक ०२ गते

आज विशाल बजारबाट दिपक दीपाले गर्नेछन् असोज महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको विजेता घोषणा कार्यक्रम आज हुँदैछ । असोज १६ गतेदेखि मसान्तसम्म भएका कारोबारलाई आज उपहार कार्यक्रममा समावेश गरिँदैछ ।

 

Advertisement:

Ad

नयाँ सडकस्थित विशाल बजार परिसरबाट आज उपहार घोषणा गरिँदैछ। यो साताको पुरस्कार घोषणामार्फत १६ जनाले दैनिक एक लाख रुपैयाँ हातमा नगद नै पर्नेगरी (१ लाख ३४ हजार ३३४ करकट्टी बाहेकको) र बम्परमा एक जनाले ७ लाख ५० हजार हातमा नै पर्नेगरि (करकट्टीबाहेक१० लाख ) गरी कुद १७ जना विजेता छनोट गरिनेछ ।

 

यसपटकको उपहार विजेता घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले गर्नेछन् ।कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने छ ।