यी हुन् करदाता प्रोत्साहन पुस्कार पाउने भाग्यशाली

२०८३ कात्तिक ०२ गते

यी हुन् करदाता प्रोत्साहन पुस्कार पाउने भाग्यशाली

काठमाडौं । सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’  असोज महिनाको १६ देखि ३१ गतेसम्मको भाग्यशाली विजेताहरूको घोषणा भएको छ । काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपाश्री निरौलाले विजेताहरु घोषणा गरेका छन् । उनीहरुले गोलाप्रथा मार्फत  घोषणा गरेका हुन्  ।

 

Advertisement:

Ad

कार्यविधि अनुसार असोज महिनाको दोस्रो पाक्षिकका लागि कुल १७ जना उपभोक्ता भाग्यशाली विजेता बन्न सफल भएका छन् । जसमा १ जनाले १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार र १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँको दैनिक उपहार हात पारेका छन् ।१० लाख जित्ने विजेता कुपन नम्बर ०८१ ६३२ ५१५ ८४९ रहेको छ । यी ग्राहकले एसएस फेन्सी हाउसबाट ३ हजारको सामान किनेका थिए ।

 

दैनिक उपहारतर्फ छनोट भएका १६ जना विजेताहरूले जनही करकट्टीसहित रु १,३३,३३४ (अक्षरेपी एक लाख तेत्तीस हजार तीन सय चौंतीस रुपैयाँ) प्राप्त गर्नेछन् । यसबाट कर कट्टीपश्चात् प्रत्येक विजेताले हातमा नगद १ लाख रुपैयाँ पाउनेछन् ।