लगातारको गिरावटपछि शेयरबजारमा दोहोरो अंकको वृद्धि

२०८२ जेठ ०५ गते

लगातारको गिरावटपछि शेयरबजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । गभर्नरको नियुक्तिको हल्लासँगै शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ।  साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा १९ दशमलव ३० अंकको वृद्धि भएसँगै बजार २६ सय २८ दशमलव ३६ को बिन्दुमा कायम भएको छ ।

आज १८५ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने ६० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।आज नेप्सेमा ३२४ कम्पनीले ७ अर्ब ३५ करोड भन्दा माथिको कारोबार गर्दा १ करोड ६२ लाख ५ हजार कित्ता शेयर किनबेच गरेको छ ।

Advertisement:

Ad
Ad

आज सबैभन्दा बढि कमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक, तेर्हथुम पावर कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरुले आज १० प्रतिशका दरले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा बढि गुमाउने कम्पनीमा विन नेपाल लघुवित्त रहेको छ। यस दिन विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ।


कारोबार रकमको हिसाबले आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज राधिले ५९ करोड ७६ लाख बराबरको कारोबार गरेको छ ।