काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
रामेछाप । २०६० साल साउन ३२ गते दोरम्बाको खरिढुंगामा नेपाली सेनाले माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर डाँडाकटेरीमा लगेर बीभत्स हत्या गर्यो। सामूहिक हत्या गरेको २२ वर्ष भयो, तर पीडित परिवारले अहिलेसम्म न्याय पाएको छैन । दोरम्बा घटनामा २१ जनाको हत्या भएको थियो । जसमध्ये १९ जनाको एकै ठाउँमा सामूहिक हत्या भएको थियो भने दुई जना घटनास्थलमा मानै मारिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ ।