रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
तहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
झाँझ खोलामा पुल नजिक शव तैरिदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटना स्थलमा पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो ।
२०८२ असार २६ गते