२०८२ असोज २७ गते
काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ४ अर्ब ९७ करोड बराबरको कारोबार भएको छ।
यस दिन २०० कम्पनीको शेयर बढेको छ भने अन्य ४४ कम्पनीको शेयर घटेको छ। त्यस्तै आठ कम्पनीको शेयर स्थिर रहेको छ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी रह्यो जसको ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा लक्ष्मी सनराइज बैंक रह्यो जसको ५ लाख २३ हजार २ सय ३३ कित्ता शेयर कारोबार भएको छ।
आज सर्वाधिक बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी र क्रेस्ट फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै सर्वाधिक घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रह्यो जसको शेयर ५.२६ प्रतिशतले घटेको छ।
प्रतिक्रिया