मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो ११ प्रतिशत लाभांश

२०८३ असोज १२ गते

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो ११ प्रतिशत लाभांश

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

 

Advertisement:

Ad

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले कुल ११ प्रतिशत लाभांश दिने भएको छ । असोज १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।