नेपाल इन्जिनियरिंङ भू- विज्ञान समाजमा नयाँ कार्यसमिति चयन

२०८२ असोज २७ गते

नेपाल इन्जिनियरिंङ भू- विज्ञान समाजमा नयाँ कार्यसमिति चयन

काठमाडौ । नेपाल इन्जिनियरिंङ भू-विज्ञान समाज इन्टरनेशनल एशोसिएसन फर इन्जिनियरिङ्ग जियोलोजी एण्ड द इनभाइरोन्मेन्टको सातौ बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । 


सभा असोज २६ गते भएको हो । कार्यसमितिको अध्यक्षमा प्रा. डा. कुमुद श्रेष्ठ, उपाध्यक्षमा डा. कञ्चन चौलागाई, सचिवमा उज्ज्वल कृष्ण रघुवंशी,संयुक्त सचिवमा सञ्जीव रेग्मी, कोषाध्यक्षमा  प्रविण उपाध्याय कँडेल निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा ध्रुव तिवारी, अनिल कुमार चौधरी रहेका छन् । सङ्घको विधानअनुसार कार्यसमितिलाई पूर्ण बनाउन थप तीन जना सदस्य पछी मनोनयन गरिने बताइएको छ।

Advertisement:

Ad
Ad

 

नयाँ कार्यसमितिले नेपालको इन्जिनियरिंङ भू-विज्ञानको विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सन् २०१८ मा स्थापना भएको नेपाल सोसाइटी अफ इन्जिनियरिङ्ग जियोलोजीको मुख्य उद्देश्य नेपालमा इन्जिनियरिङ्ग जियोलोजीको अभ्यास र अनुप्रयोगलाई प्रवर्द्धन गर्ने, अनुसन्धान र सहकार्यलाई प्रोत्साहित गर्ने र पूर्वाधार विकास तथा विपद् जोखिम न्यूनीकरणमा भूवैज्ञानिक ज्ञानको उपयोग सुनिश्चित गर्नु हो ।