काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ । शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।
आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ । नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ ।