गरिमा विकास बैंकको लाभांश घोषणा, कति हात पार्दैछन् लगानीकर्ताले ?

२०८२ असोज २८ गते

गरिमा विकास बैंकको लाभांश घोषणा, कति हात पार्दैछन् लगानीकर्ताले ?

काठमाडौँ।  गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले  गत आर्थिक वर्ष ८१ / ८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ६ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Advertisement:

Ad
Ad