२०८२ असोज २८ गते
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले ऐतिहाँसिक रेकर्ड कायम गरेको छ ।
एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।
प्रतिक्रिया