२०८२ असोज २७ गते
काठमाडौ । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ।
विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो कन्फेरेन्स गरेर इजरायली सरकारले यस्तो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।
आइडिएफले विपिनको परिवारसँग पनि भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दिएको राजदुत पण्डितले जनाएका छन् । राजदुत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन।
प्रतिक्रिया