सिंहदरबार भित्रैबाट ज्ञानेन्द्र शाही, राजेन्द्र लिंग्देन लगायतका नेता पक्राउ

२०८२ वैशाख ०७ गते

सिंहदरबार भित्रैबाट ज्ञानेन्द्र शाही, राजेन्द्र लिंग्देन लगायतका नेता पक्राउ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र दुई जना सांसदलाई सिंहदरबारभित्र बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।आइतबार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका थिए ।

Advertisement:

Ad
Ad

साथै तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।