गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.श्रेष्ठको राजीनामा अस्विकृत

२०८२ वैशाख ०८ गते

गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.श्रेष्ठको राजीनामा अस्विकृत

काठमाडौ । गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ। जेठ १० गतेदेखि अवकास पाउन लागेका श्रेष्ठलाई बैशाख १० बाट विदामा बस्नका लागि जनशक्ति व्यवस्थपन विभागबाट पत्र पठाएको छ ।

श्रेष्ठ राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा राष्ट्रबैंक बाट काज सरुवा भएका हुन् । श्रेष्ठले फागुन १८ गते लागू हुने गरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।

Advertisement:

Ad
Ad

उनलाई वैशाख ५ गते राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागबाट राजीनामा स्वीकृत नभएको पत्र पठाएको थियो। गभर्नर बन्नकै लागि उनले अवकाश दिएका थिए ।