२०८२ वैशाख ०८ गते
काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपिओ बिक्रि आजबाट खुला भएको छ । वैशाख ८ गते ( सोमबार)देखि आइपीओ बिक्री खुला गरेको कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको थियो । एक सय रुपैयाँ अंकित मूल्य भएको यस कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आइपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया