२०८३ असार १४ गते
भुवन केसी,जापान । रोल्पा जिल्ला गंगादेव गाउँपालिका–६, बल्ले डिमुरगैरा निवासी २१ वर्षीय सुरेन्द्र वलीको जापानमा निधन भएको छ।
करिब एक वर्षअघि अध्ययनका लागि जापान पुगेका वली विद्यार्थी भिसामा जापानको नारामा अध्ययनरत थिए। उनको मृत्यु भएको जानकारी प्राप्त भए पनि मृत्युको कारण भने हालसम्म खुलेको छैन।प्राप्त जानकारीअनुसार, उनको मृत्युको कारणबारे पोस्टमार्टम (शव परीक्षण) प्रतिवेदन सार्वजनिक भएपछि मात्र यथार्थ विवरण खुल्ने अपेक्षा गरिएको छ।
मृतक गाउँकै भएकाले घटनाबारे थप जानकारी संकलन गर्ने प्रयास भइरहेको भए पनि हालसम्म घटनास्थलमा प्रत्यक्ष जानकारी दिने विश्वसनीय स्रोतसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
प्रतिक्रिया