२०८३ असार १६ गते
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य निरन्तर घटिरहे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य सोही अनुपातमा किन नघटेको भन्ने आम उपभोक्ताको चासो रहेको छ । अमेरिका र इ्रानबीचको युद्ध उत्कर्षमा रहँदा गत मार्च अप्रिल ताका १२० डलर प्रति ब्यारेलसम्म पुगेको ब्रेन्ट कु्रड आयलको मूल्य युद्ध अन्त्य भएसँगै ७० डलर प्रति ब्यारेलमा झरेको छ । युद्ध चकिँदा प्रति लिटर २१७ पुगेको पेट्रोलको मूल्य अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसक्दा पनि यथावत रहेको छ ।
किन घटेन पेट्रोलको मूल्य भन्ने प्रश्नमा नेपाल आयल निगमले प्रष्टिकरण दिएको छ । निगमका प्रवःक्ता मनोजकुमार ठाकुरका अनुसार नेपालले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल होइन, प्रशोधित इन्धन ९फिनिश्ड प्रोडक्ट० खरिद गर्ने भएकाले क्रुड आयलको मूल्य घट्दैमा पेट्रोल र डिजेलको मूल्य स्वतः घट्ने अवस्था रहँदैन।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन ९आईओसी० सँग भएको दीर्घकालीन सम्झौताअनुसार इन्धन खरिद गर्दै आएको छ। आईओसीले हरेक १५ दिनमा पेट्रोल र डिजेलको औसत मूल्य तथा हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको मासिक औसत मूल्य पठाउने गर्छ। नेपालमा इन्धनको मूल्य निर्धारण यही मूल्यसूचीका आधारमा हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा देखिएको कच्चा तेलको तत्काल उतारचढावको प्रत्यक्ष प्रभाव नपर्ने ठाकुर बताउँछन् ।
कच्चा तेल र प्रशोधित इन्धनको मूल्य किन फरक हुन्छ ?
प्रवक्ता ठाकुरका अनुसार रिफाइनरीहरूले प्रायः डेढ महिनासम्म पुग्ने कच्चा तेल पहिले नै खरिद गरेर मौज्दात राखेका हुन्छन्। त्यसैले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो भए पनि त्यसको प्रभाव प्रशोधित इन्धनको लागतमा तत्काल देखिँदैन।
यस्तै, कच्चा तेल र प्रशोधित इन्धन ढुवानी गर्ने ट्याङ्कर फरक हुने भएकाले ढुवानी लागत पनि फरक पर्छ। यसबाहेक अन्तर्राष्ट्रिय बजारमा माग र आपूर्तिको अवस्थाले समेत प्रशोधित इन्धनको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने निगमले जनाएको छ।
पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण केही रिफाइनरी प्रभावित हुँदा प्रशोधित इन्धनको उत्पादन सीमित भएको छ। विशेषगरी डिजेलको माग उच्च रहेकाले कच्चा तेलको मूल्य घटे पनि प्रशोधित उत्पादनको मूल्य उच्च हुँदा सोचेअनुरुप मूल्य नघटेको निगमको प्रष्टिकरण छ ।
कच्चा तेल कसरी सस्तो भयो ?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नुको प्रमुख कारण आपूर्ति बढ्नु हो। अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध हटाएपछि तथा हर्मोज जलमार्गबाट ढुवानी सहज बनेपछि इरानले ठूलो परिमाणमा कच्चा तेल निर्यात गर्न थालेको छ। आपूर्ति बढ्दा मागको तुलनामा बजारमा तेल बढी भएकाले क्रुड आयलको मूल्य ओरालो लागेको निगमको भनाइ छ।
एलपी ग्यासमा प्रतिमहिना करिब ३ अर्ब रुपैयाँ घाटा
नेपाल आयल निगमले एलपी ग्यासमा अत्यधिक घाटा व्यहोर्नुपरेको जनाएको छ। हालको मूल्यअनुसार निगमलाई प्रत्येक ग्यास सिलिन्डरमा करिब १,१७४ रुपैयाँ घाटा भइरहेको निगम प्रवक्ता ठाकुर बताउँछन् ।
नेपालमा दैनिक करिब एक लाख सिलिन्डर ग्यास खपत हुने भएकाले ग्यासमा मात्रै निगमलाई हाल मासिक करिब ३ अर्ब रुपैयाँ घाटा भइरहेको छ,नेपाललले इन्डियन आयल कर्पोरेशनलाई मात्रै एउटा सिलिन्डरको मूल्य २,५०० देखि २,६०० रुपैयाँ तिर्नुपर्छ। त्यसमा भन्सार, ढुवानी, उद्योगी तथा डिलरको मार्जिन जोड्दा लागत करिब ३,३०० रुपैयाँ पुग्छ। तर उपभोक्तालाई हामीले करिब २,१६० रुपैयाँमा बिक्री गर्नुपर्ने भएकाले ठूलो वित्तीय भार परेको छ,ठाकुर बताउँछन् ।
निगमका अनुसार पछिल्ला दुई महिनामा मात्रै सञ्चित नाफाबाट १७ अर्ब रुपैयाँ र मूल्य स्थिरीकरण कोषबाट १९ अर्ब रुपैयाँ गरी कुल ३६ अर्ब रुपैयाँ बराबरको रकम ग्यासको घाटा व्यवस्थापनमा खर्च भएको छ। ग्यासमा भएको यो घाटा अन्य पेट्रोलियम पदार्थबाट हुने नाफामार्फत 'क्रस सब्सिडी' प्रणालीबाट व्यवस्थापन गरिँदै आएको छ ।
'मूल्य बढ्दा मात्रै बढाउनेु आरोप अस्वीकार'
निगमले मूल्य बढ्दा तत्काल बढाउने र घट्दा नघटाउने भन्ने आरोप पनि अस्वीकार गरेको छ। विगतमा डिजेलको खरिद मूल्य प्रतिलिटर ९५ रुपैयाँसम्म बढेर आउँदा पनि उपभोक्तामाथि एकैपटक भार नपरोस् भनेर चरणबद्ध रूपमा मूल्य समायोजन गरिएको प्रवक्ता ठाकुरको दाबी छ।
आईओसीबाट आगामी दिनमा आउने मूल्यसूचीमा भने पेट्रोलियम पदार्थको मूल्य केही घट्ने संकेत देखिएको ठाकुरको भनाई छ। उनी भन्छन्ु,'यदि आईओसीबाट कम मूल्यमा नयाँ मूल्यसूची प्राप्त भए त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले पाउने छन् ।'
प्रतिक्रिया