सेबोन अध्यक्षलाई सेयर बजार बढाउने स्टक ब्रोकरहरूले दिएको सुत्र,दुईभन्दा बढी डिम्याट खाता खोल्न पाउनुपर्नेदेखि एनआएनलाई दोस्रो बजारमा प्रवेश दिइनुपर्नेसम्म

२०८३ असार १९ गते

सेबोन अध्यक्षलाई सेयर बजार बढाउने स्टक ब्रोकरहरूले दिएको सुत्र,दुईभन्दा बढी डिम्याट खाता खोल्न पाउनुपर्नेदेखि एनआएनलाई दोस्रो बजारमा प्रवेश दिइनुपर्नेसम्म

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड ९सेबोन० का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसमक्ष पूँजीबजार सुधारका लागि १३ बुँदे सुझाव पेश गरेको छ।

 

Advertisement:

Ad
Ad

एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार अध्यक्ष भट्टसँग शिष्टाचार भेट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै बजारलाई थप व्यवस्थित, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत सुधारका प्रस्तावहरू बुझाएको हो।

 

संघले हाल लागू रहेको सेयर खरिद गर्दा ब्रोकर कम्पनीले लगानीकर्ताबाट अनिवार्य रूपमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै त्यसलाई संशोधन गर्न आग्रह गरेको छ। ब्रोकर कम्पनीले आफ्नो व्यावसायिक मूल्यांकनका आधारमा अग्रिम रकम लिने वा नलिने निर्णय गर्न पाउने व्यवस्था गर्नुपर्ने संघको माग छ।

 

यस्तै, लगानीकर्ताले आफ्नो युजर आईडी र पासवर्ड प्रयोग गरी सेयर बिक्री गरेपछि ईडीआईएस (EDIS) प्रक्रिया स्वतः सम्पन्न हुने व्यवस्था मिलाउन सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई आवश्यक निर्देशन दिन पनि संघले सेबोनसँग आग्रह गरेको छ।

 

संघले गैरआवासीय नेपाली(एनआरएन) लाई प्रत्यक्ष रूपमा दोस्रो बजारमा लगानी गर्न दिने व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने तथा विदेशी संस्थागत लगानीकर्तालाई पनि नेपाली दोस्रो बजारमा लगानी गर्न कानुनी बाटो खोल्नुपर्ने सुझाव दिएको छ।

 

यसका अतिरिक्त, ब्रोकर कम्पनीको राफसाफ तथा फर्छ्यौट हुने बैंक खाता अनुसन्धानका क्रममा रोक्का नहुने कानुनी व्यवस्था गर्न, शेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्न, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा सहज लगानी गर्न सक्ने वातावरण बनाउन पनि संघले आग्रह गरेको छ।

 

ग्राहकलाई दुईभन्दा बढी डिम्याट खाता खोल्न दिने व्यवस्था, आवश्यक चुक्ता पूँजी पूरा गरिसकेका ब्रोकर कम्पनीलाई थप सेवा सञ्चालनको स्वीकृति तत्काल उपलब्ध गराउने, पूँजी बजार सुधारका लागि सेबोन, नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैंकर तथा प्राइभेट इक्विटी–भेन्चर क्यापिटल ९एभ्ख्ऋ० सम्मिलित ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्नुपर्ने प्रस्ताव पनि संघले अघि सारेको छ।

 

त्यसैगरी, गैरआवासीय नेपालीको केवाईसी ९प्थ्ऋ० प्रक्रियालाई वैकल्पिक पहिचानका आधारमा सहज बनाउन, सरकारका विभिन्न बचतपत्र तथा विकास ऋणपत्रलाई ‘मेरो शेयर’ प्रणालीमार्फत अभौतिक रूपमा निष्काशन गरी नेप्सेमा सूचीकृत गर्न तथा राष्ट्रिय परिचयपत्र  प्रणालीलाई धितोपत्र व्यवसायीको केवाईसी प्रणालीसँग एकीकृत ९क्ष्लतभनचबतष्यल० गर्नुपर्ने सुझाव पनि संघले दिएको छ।

 

एसोसिएसनले यी सुझाव कार्यान्वयन भए पूँजीबजार थप पारदर्शी, लगानीकर्तामैत्री र प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गरेको छ।