२०८२ वैशाख ०५ गते
काठमाडौ । सान्भि इनर्जी लिमिटेडको आइपिओ बिक्रि आजबाट (बैशाख ५) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ । यसमा स्थानीयनले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं.१० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) र वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया