२०८१ चैत १६ गते
काठमाडौँ । तीनकुने घटनाको मूख्य योजनाकारको आरोप लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली सरकारले परिवर्तन गरेको छ।
पूर्व राजाका सुरक्षाका लागि निर्मल निवासमा सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरी बलका नेतृत्व सम्हालिरहेका डिएसपी जगदिश हमाललाई हटाएर अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको स्रोतले जनाएको छ।
भिभिआइलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ। तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए। अब भने नीति अनुसारै १६ जना खटाइएको स्रोतले जनाएको छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन उग्र बन्दा धेरै धनजनको क्षति भएको थियो । यसको जिम्मा ज्ञानेन्द्र शाहले लिनुपर्ने भन्दै गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको छ । पूर्व राजालाई पक्राउ गर्नेसम्मका कुराहरु उठिरहँदा उनलाई सरकारले उपलब्ध गराउँदै आएको सुरक्षाकर्मीको संख्यामा कटौति गरेको हो ।
प्रतिक्रिया