२०८१ चैत १६ गते
काठमाडौ । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटिले शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनको निन्दा गरेको छ । कमिटिले विज्ञप्ति जारी गर्दै तिनकुने, कोटेश्वर, जडिबुटी क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन, लुटपाट व्यक्तीगत सम्पती, राजनीतिक दलको कार्यालय तथा प्रेस गृहमा समेत आगजनी गर्ने र जिउँदै मानिसलाई जलाउने सम्मको घृणित कार्य भएको भन्दै भर्त्सना गरेको हो ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकारलाई खोसेर पुनः सामन्ती एकतन्त्रीय राजतन्त्र स्थापित गर्ने उद्देश्यले पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा अराजक मेडिकल व्यवसायी दुर्गा प्रसाई, रविन्द्र मिश्र, धवल शमशेर जबरा सहितको अगुवाईमा भएको आन्दोलनको नाममा हिंसात्मक गतिविधिबाट विभिन्न व्यक्तिका घरहरु तोडफोड, संचार गृहमाथिको आक्रमण तथा पत्रकारलाई जिउँदै जलाएको धटनाको घोर भर्त्सना गर्दछौ ।'
कमिटिका अध्यक्ष सुदर्शन शिवाकोटीले लोकतान्त्रिक दलका कार्यालयमाथि आक्रमण गरेर आतंक सिर्जना गर्दै राजा हुँदा हुने कृयाकलापको झल्को दिएको बताए । शुक्रबार भएको तोडफोड र आगजनीको सम्पूर्ण क्षतिपूर्ति पूर्व राजा ज्ञानेन्द्र शाह सहित दुर्गा प्रसाई, रबिन्द्र मिश्र लगायतका मान्छेहरुसँग असुल गरी पिडितलाई क्षतिपूर्ति दिनुपर्ने यूवा विद्यार्थीको माग छ । साथै जिउँदै पत्रकार जलाएकाले प्रचलित कानुन अनुसार कडा भन्दा कडा सजायका लागि सरकारसँग मागगरेको छ ।

प्रतिक्रिया