बढेर बन्द भयो सेयर बजार : सबै सूचकमा हरियाली,कारोबार रकम पनि बढ्यो

२०८२ वैशाख ०४ गते

बढेर बन्द भयो सेयर बजार : सबै सूचकमा हरियाली,कारोबार रकम पनि बढ्यो

काठमाडौं । नयाँ वर्ष लागेपछि सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । साताको अन्तिम कारोबार दिन बिह्ीबार नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि वृद्धि भएको छ । आज १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिभर ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भयो ।

Advertisement:

Ad
Ad

यस दिन सबै सूचकमा हरियाली छाएको छ । १८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ ।

यसदिन नेपाल माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, सम्पदा लघुवित्त, हाइड्रोइलेक्ट्री इन्भेस्टमेन्ट, सुपर मादी हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मितेरी डेभलपमेन्ट बैंक, सानिमा माइ हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, इन्ग्वा खोला हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबार रकमको आधारमा भने हिमालयन पावर पार्टनर अग्र स्थानमा रह्यो । कम्पनीको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार रह्यो ।