एनपीएलमा सर्वोत्कृष्ट खेलाडी बनेर गाडी र बाइक जित्ने रिजन ढकाल

२०८३ मंसिर ०६ गते

एनपीएलमा सर्वोत्कृष्ट खेलाडी बनेर गाडी र बाइक जित्ने रिजन ढकाल

काठमाडौँ । चितवन राइनोजका तिव्र गतिका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर बनेसँगै उनले ओमोडाको गाडी र पल्सर बाइक पाएका छन्। एनपीएलको यो संस्करण सर्वाधिक विकेट लिने उनी पहिलो खेलाडी हुन्।

Advertisement:

Ad

रिजनले ९ खेलमा १७ विकेट आफ्नो नाममा गरे। यो सिजन उनले एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजविरुद्ध र लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध समान ४ विकेट लिएका थिए।

लिग चरणका काठमाडौसँग ३ र विराटनगर किंग्सविरुद्ध २ विकेट उनले आफ्नो नाममा गरेका थिए। कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सविरुद्धको २ खेलमा समान १ विकेट लिए।


यसअघि अघिल्लो सिजन सन्दीप लामिछाने, अविनास बोहोरा र शेर मल्लले समान १७ विकेट आफ्नो नाममा गरेका थिए। पहिलो सिजन स्कट कुग्लेजिन र ललित राजवंशीले समान १७ विकेट लिएका थिए।

एनपीएलमा सर्वाधिक रन बनाएका विराटनगर किंग्सका लोकेश बम उत्कृष्ट ब्याटर बने। ७ खेलमा २ अर्धशतकसहित २ सय ४६ रन बनाएका उनले बाइक पाए।

एनपीएलको उदीयमान खेलाडी जनकपुर बोल्ट्सका राहुल यादव बने। योसँगै उनले बाइक पाए। ट्यालेन्ट हन्टबाट आएका राहुलले लिग चरणको खेलमा १२ विकेट लिएका थिए।