२०८३ मंसिर ०६ गते
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली जाँदैछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन्प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो ।
उनी आज मध्याह्न १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र अनुदानसम्बन्धी नेपालको प्रस्तावमा भारतले सकारात्मक संकेत दिएको छ । नेपालले प्रस्ताव गरेअनुरूप थप हवाई रुट उपलब्ध गराउने विषयमा भने सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री शाहको आइतबारदेखि हुने दुईदिने भारत भ्रमणअघि दुई मुलुकका अधिकारीबीच चलेको वार्तामा नेपालले सहुलियतपूर्ण ऋण र अनुदान तथा भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुट उपलब्ध गराउन प्रस्ताव राखेको थियो । यी दुई विषय नै भ्रमणका क्रममा नेपालको प्रमुख प्राथमिकतामा पर्ने बताइएको छ ।
प्रतिक्रिया